Wednesday, April 15, 2015

मन मस्तिस्क र समाज

त्यो फुटेको घडी , शान्त कोठा , र सुन्दै छु म आवाज
टिक टिक टिक
नियाल्दै छु समय को गति , खेर नफल्नु भन्छन
तर मजा त तेस्मै देख्छु
कहिले कहिँ केहि नगरेर बस्नु पनि केइ गरेको
भन्दा बडी शान्त पार्छ मनलाई
तर यो एकान्त को आनन्द,  मन आफु संग भए मात्र आउने रैछ
मन र सरिर सधै नजिक हुदैन , यो मन बाँधेर बाँधिने चीज पनि त हैन
मन सरिर लाई काबु गर्न सार्है सिपालु छे
र मेरो मन काबु गर्न "उनि" पनि त एकदम सिपालु छिन
एकै छिन मा शान्त मनका किनार हरु मा अस्थिरता को
आंधी फैल्याउन सक्ष्यम .. कहाँ बाट सिकिन होला यी सब
कुरा हरु , कि सब मेरै कारण हो के मा जानी जानी आफ्नो मन लै उता धकेली रहेको त छुइन
छु पनि होला सायद , यो बेबखत को खलबली यसरी त कहिल्यै हुन्थेन
यो मन ले पनि मैले भनेको माने त सरिर ले एति दुख नै पाउदैन थ्यो होला
बेकार मेरो शरीर लै सब दोष जान्छ र उसले कति दुख सहन्छ
त्यो पर्खाई , त्यो नथाकी हिंडी रहन सक्ने क्ष्यमता र शक्ति सब मन को षड्यन्त्र हो
तर यो शरीर पनि आफ्नै फाइदा खोज्छ , जब मन शान्त हुन्छ , उ पनि एकदम जिद्दी छ
होस् पनि किन नाइँ , एति दुख गर्छ अरुबेला  तर यो शरीर को भोक पनि डरलाग्दो हुन्छ
कहिले नमेटिने जस्तो , उसलाई पनि कोइ नजिकिद को आभास खुब मनपर्छ
यो कुरा मा उ र मन एकदम मिल्ने साथी हुन् , मन को आफ्नै चाहना , शरीर को आफ्नै
यो त मेरो मन र शरीर बीच को रासायनिक सम्बन्ध भयो
तर फेरी यी दुवै लाई दबाउन सकेन हाम्रा शत्रु  "समाज " हुनुहुन्छ
वहा को याद आयो की बडा बा "दिमाग " ले सब चीज लाइ आफ्नो थुना मा
राख्नु हुन्छ र राम्रो र नराम्रो को पाठ पढाउन थाल्नु हुन्छ ..
अनि उनि "मन " उनको र बडा बा को सम्बन्ध तेती ठिक छैन
यस्तो कुरा मा त मिलेर बस्ने गार्हो , यो सब दुश्मन जी को देन हो
मेरै शरीर क दुइ महत्वपुर्ण अंग बीच द्वन्द गराउने र आखिरमा पुरै शरीर मै द्वन्द निम्त्याउने
यसमा मेरी "उनि " को पनि हात उतिनै छ  , त्यसैले त मेरी उनि , उनि नै रहन्छिन
मेरी उनि र म "हामी " बन्न सक्दैनौं  | :(

Tuesday, June 10, 2014

Basanta - Bhupi Sherchan

वसन्त
सारा ढोका र झ्यालहरु लातले खोलेर
डाँकाझैँ आउँछ हावा काठाभित्र
र एक छिनमै दराजहरु उघारेर,
कागतपत्रअरु पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थ्ानिएर
अरु झ्यालहरुबाट हाम्फालेर भाग्दछ।
आकाशको आँखा दुखेको छ
ऊसित आँखा जुधाउँदा आफ्नै आँखा पीरो हुन्छ,
ज्वरपीडित सूर्य सकी नसकी हिंडिरहेछ आकाशमा
तुवँलो भुवाको खास्टो ओढेर
झ्यालमा उभिएर एक्लै,
म बाहिर हेरिरहेछु
हेरिरहेछु र सोचिरहेछु– यो कस्तो वसन्त
यो चैतको दिनको कस्तो उराठलाग्दो पहर हो!
यो कस्तो मुर्दा शहर हो!
सडकका दुई किानरमा वसन्तको स्ववागतार्थ
हरियो सारी हतार–हतार बेरेर उभिएका झ्याङहरु
अबीरका थाल बोकेका आलुबखडाका रुखहरु
अनि स्कूलका केटाकेटीहरुझैँ
रङ्गीन झण्डाहरु हल्लाइरहेका फूलका सानासाना बोटहरु
म हेरिरहेछु
र साँचिरहेछु
वसन्त यहाँ किन आउँछ विदेशी पाहुनाझैँ
येा कस्तो औपचारिकता
किन आउँदैन ऊ त्यसरी
जसरी युवावस्थामा जुँघारेखी आउँछ?
या हर्षमा मुस्कान
आफै, अनायास र अनजान,
उफ् यो कस्तो वसन्त हो!
जता हेर्‍यो उतै देखिन्छ
भित्र ठोस हुन छाडेर
बाहिरै बाहिरै मात्र बढेर अग्ला भएका
बाँसका ठानाहरुलाई नुहेर
पश्चात्ताप गरिरहेका आफ्नो खोक्रोपनमाथि
आफ्नो हातको बलभन्दा
गर्‍हुङ्गो रातो फूल समाएका
कल्कीका बोटहरुलाई
दुई हात तल झारेर उभिरहेका
यी लत्रेका हातहरुले रातो फूल समात्ने के दर्कार
के अधिकार
टाढा–टाढासम्म उभिएका छन्
न्यास्रो अनुहार लाएका असङ्ख्य मौन घरहरु
प्रत्येक घरकेा मुखमा झुण्डिएको छ विदेशी ताल्चा
भोटे ताल्चा अथवा हिन्दूस्तानी ताल्चा
कुनै घरको मौलिक ओठ छैन
यो कस्तो बसन्त!
खोइ मानिसहरुले चोला फेरेका?
खाई घरहरुले बोक्रो फेरेका?
खोइ?
खोइ?
खोइ?
म चिच्याउन चाहन्छु―खोइ?
तर खोइ मेरो आवाज किन निस्कन्न?
के भयो मेरो आवाजलाई
यो के हो डल्ल्ाो गुच्चाजस्तो मेरो घाँटीमा
जो मैले घाँटीखोल्दा मुखमा गई अड्कन्छ
र मुख खोल्दा घाँटी थुन्न पुग्दछ
अनि यस्तो लाग्छ मानौ
अब ममा कुनै उम्लाइ छैन
कुनै उत्तेजना छैन
कुनै आवाज छैन
कुनै विस्फोट छैन
मभित्रको मानिस मरिसक्यो
अब त फगत् मेरो रुपमा उभिएको छ,
पड्किसकेको सोडाको एक बोतल―
एउटा खाली बोतल?
(२०१७―रुपरेखा)